आइपीएल आजदेखि शुरु हुँदै

काठमाडौ – भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेलहरु आजदेखि शुरू हुँदैछन् ।

परिमार्जित तालिकाअनुसार आजको खेलमा  रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

EPIC EPIC EPIC EPIC EPIC

बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ ।

गएको अप्रिल २२ तारिखमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच विवाद बढेसँगै मे ८ तारिखमा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पूरा नहुँदै रोकिएको थियो ।

अघिल्लो हप्ता शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू गर्ने निर्णय भएको थियो ।

आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *