आईओएस १७ अप्डेट इन्स्टल गरेपछि ब्याट्री नटिक्ने समस्या

सोमबारदेखि उपलब्ध भएको आईओएस १७ अपडेट इन्स्टल गर्ने प्रयोगकर्ताको आईफोनमा चाँडै ब्याट्री सकिने समस्या देखा परेको छ ।

EPIC

अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट राख्दै ब्याट्री घट्न थालेको गुनासो गरेका छन् । त्यस्तै अन्य प्रयोगकर्ताले पनि पहिलेको तुलनामा ब्याट्री निकै छिटो घट्न थालेको गुनासो गरेका छन् । आईओएस १७ का आकर्षक फिचर प्रयोग गर्न उत्साहित भएर अपडेट इन्सटल गरेको भए पनि ब्याट्री छिट्टै रित्तिनै समस्याले दिक्क बनाएको उनीहरूको गुनासो छ । 

EPIC EPIC EPIC

आईओएस १७ सोमबार रातिदेखि सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइएको थियो । म्याक, क्यामेरा एप, फोटोज, फेसटाइम तथा किबोर्डमा ल्याएका विभिन्न फिचरले प्रयोगकर्ताहरू आईओएस १७ इन्स्टल गर्न उत्साहित थिए । 

एप्पल सपोर्ट र एप्पललाई मेन्सन गर्दै प्रयोगकर्ताले आफ्नो गुनासो राख्न थालेका छन् । अन्य केही प्रयोगकर्ताले फोन तात्ने समस्या आएको भन्दै गुनासो पोखेका छन् भने केहीले डिभाइस स्लो भएको बताएका छन् ।

त्यस्तै आईओएस १७ का केही फिचरहरू जस्तैस अटोकरेक्ट पनि दिक्कलाग्दो भएको प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *