झापा। झापाको मेचीनगरमा भएको आगलागीबाट एकजना गम्भीर घाइते भएका छन् ।
गएराति ९ः १० बजे मेचीनगर नगरपालिका वडा नम्वर ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भइ आगलागी भएको थियो ।
आगो निभाउने क्रममा घरधनी बिरेन्द्रराज राई घाइते भएका हुन् । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट ३ जनाको प्रहरी टोली खटिएर राति ९ः २५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कोठाभित्र रहेको लत्ताकपडा आंशिक रुपमा जलेर क्षति भएको जनाइएको छ ।