आज साउन महिनाको पहिलो सोमबार, शिवालय मन्दिरमा भक्तजनको घुइँचो

डेस्क। साउन महिनाको सोमबार सनातन हिन्दू धर्मावलम्बीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

विशेषगरी भगवान् महादेव (शिव) लाई समर्पित यो महिना भक्तिभाव, व्रत, उपवास र विशेष पूजाआर्चनाका रूपमा मनाइन्छ। यस वर्ष सौरमान पात्रोअनुसार साउनको पहिलो सोमबार ५ गते परेको छ भने चान्द्रमान पात्रोअनुसार असार ३० गतेदेखि साउने सोमबार व्रत शुरु भइसकेको छ।

EPIC EPIC EPIC EPIC EPIC

धर्मशास्त्र अनुसार चान्द्रमान (तिथि) अनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमासम्म पर्ने सोमबार व्रत बस्ने प्रचलन छ भने सौरमान अनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत बस्ने चलन छ।

यस वर्ष सौरमान पात्रोअनुसार साउन ५, १२, १९ र २६ गते सोमबार व्रत बस्न सकिन्छ भने असार ३० गतेदेखि चान्द्रमानको व्रत शुरु गरेका भक्तहरूले अब साउन ५, १२ र १९ गते व्रत बस्नेछन्। धर्मशास्त्री प्रा.डा. देवमणि भट्टराईका अनुसार चान्द्रमान पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म सोमबार व्रत लिने चलनलाई अझ शास्त्रीय र उपयुक्त मानिन्छ।

साउनको सोमबार विशेषगरी भगवान् शिव र पार्वतीको पूजा गरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामना गरिन्छ। यस दिन ब्रह्मचर्य, संयम र सात्त्विक जीवन पद्धति पालन गरी शिवलिंगमा जल, दूध, बेलपत्र, धतुरा, दतिवन, जौ र तिल अर्पण गर्ने चलन छ। विशेषतः अविवाहित युवतीहरूले मनोकामना पूर्तिका लागि यो व्रत लिने परम्परा रहेको छ, जसलाई ‘सौभाग्य प्राप्ति व्रत’ पनि भनिन्छ।

पुराण अनुसार समुद्र मन्थनका बेला निस्केको कालकूट विष पान गरी भगवान् शिवले सम्पूर्ण सृष्टिलाई बचाएका थिए, त्यसैले साउन महिनामा विशेष गरी शिवको आराधना गरी व्रत बस्दा पाप नाश हुने, स्वास्थ्य लाभ हुने र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *