आजकाे माैसम : प्रदेश १ सहित यी तीन प्रदेशमा हिमपातकाे सम्भावना

काठमाडौं । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आजकाे माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे माैसमविद्ले बताएका छन् । अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ माैसमविद्ले जानकारी दिएका छन् । तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *