आजको मौसम: देशभर मौसम बदली रहने

काठमाडौं । देशभर आजको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली तथा अन्य क्षेत्रको मौसममा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज राति पनि देशभर दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *