आज २०७८ साल पुस २ गते शुक्रबारको राशिफल ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा प्राविधिक क्षेत्रबाट पनि राम्रै लाभ लिन सकिन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कलासाहित्यमा रूचि बढ्नेछ । मङ्गल कार्यको योग छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
घरमा अतिथिको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला पनि छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज आफ्नो दैनिकी काममा ढिलासुस्ती हुनेछ । नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्नसक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कला, साहित्य एवं सङ्गीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योजना पनि बन्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ । आफन्तले सहयोग गर्नेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो



















