काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको कारोबारको अन्तिम दिन आज पनि ३.२२ अङ्कले ओरालो लागेर २ हजार ७३१.७८ मा बन्द भएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य १९.५१ अङ्कले बढेको छ । व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत् २७.४८, वित्त २.०३, निर्जीवन बीमा १५६.८४, उत्पादन २९.१, लघुवित्त ५१.४१, जीवन बीमा २३.२६, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४९ अङ्कले ओरालो लागेको छ ।
आज ७५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ कम्पनीको घट्यो । १९ कम्पनीको मूल्य स्थिर रह्यो ।