झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य २०० रुपैयाले घटेर ९२ हजार ३०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९२ हजार ५०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि २०० रुपैया ले नै घटेर ९१ हजार ८०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९२ हजार रहेको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २५० मा कारोबार भइरहको छ ।