आजदेखि तापक्रममा गिरावट आउने

काठमाडौं — पछिल्लो केही दिनदेखि देशका विभिन्न भागमा वर्षा नहुँदा तापक्रम उच्च रहेको मौसमविद्हरूले जनाएका छन्। तर बुधबारदेखि भने देशका केही भू-भागमा हल्का वर्षा हुने सम्भावना रहेकाले तापक्रममा केही गिरावट आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल देशको पश्चिम तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेका छन्। साथै, कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

“हाल पूर्वी नेपालमा भित्रिएको मनसुन देशभर फैलिन नसकेको अवस्था छ,” मौसमविद् मानन्धरले भनिन्, “तर आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ। बुधबारदेखि उपत्यकालगायत देशका विभिन्न भागमा पनि वर्षाको सम्भावना छ। बादल लाग्ने क्रमसँगै तापक्रम घट्नेछ।”

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ भने तराईका भैरहवा, धनगढी र नेपालगञ्जमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ। दिपायलमा ३९ डिग्री, सिमरा, जनकपुर र विराटनगरमा ३८ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ।

महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ।

विभागले सम्भावित मौसम प्रभावले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *