आजबाट जनगणना : राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने

काठमाडौं । आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।

EPIC EPIC EPIC

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौं जिल्लामा डिजिटल पद्दतिमा आधारित क्यापविधि प्रयोग गरी ट्याबलेटबाट र अन्य जिल्लाहरुमा कागजी प्रश्नावली प्रयोग गरी विवरण संकलन गरिने छ ।

भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न कूटनीतिक पहल भइरहेको र भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *