Search
Close this search box.
Search
Close this search box.

आदर्श नमूना सामुदायिक वनको निर्वाचन कार्यतालिका सार्वजनिक

बुद्धशान्ति (पालिका सन्देश) । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ३ र २ झापाले निर्वाचन कार्यक्रम २०८१ को सर्वसम्मत प्रकृयाका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार निर्वाचन समितिले प्रथम चरणको कार्यतालिका सार्वजनिक गरेको हो ।


वन उपभोक्ता समुहको कार्यसमिति, लेखा समिति तथा अनुगमन समितिको निर्वाचन कार्यक्रम सर्वसम्म्मत प्रकृयाबाट गर्न कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिका सचिव पुष्प प्रसाद रिजालले बताएका छन् ।
आगामी तीन वर्षे कार्यकालका लागि कार्यसमिति गठन गर्दा कार्यसमितिमा अध्यक्ष र सचिवमध्ये सचिव पदलाई महिला आरक्षण ,उपाध्यक्ष र कोषाध्यक्ष मध्ये उपाध्यक्ष पदलाई महिला आरक्षण गरी गठन हुने १७ जनाको कार्य समितिमा ५१ प्रतिशत (९ जना ) महिला हुनेगरी कार्यसमिति गठन हुनेछ।

EPIC EPIC EPIC

तालिका अनुसार मंसिर ४ गते प्रचारप्रसारसंगै मतदाता नामावली प्रकाशन, ५ गते मतदाता नामावली माथी दावी विरोधसंगै अन्तिम मतदाता नामावली प्रकाशन, ६ गते ब्लक नं ३ र १ का उपभोक्ता भेला गरी सर्वसम्मत प्रकृयाबाट सदस्य छनोट, ७ गते ब्लक नं ४ र २ का उपभोक्ता भेला गरी सर्वसम्मत प्रकृयाबाट सदस्य छनोट गर्ने गरी तालिका सार्वजनिक गरिएको सचिब रिजालले बताएका छन् ।

सर्वसम्मत प्रकृयाका लागि चारवटा ब्लक छुट्याइएको छ । जस अन्र्तगत ब्लक नं १ मा ५ जना सदस्य, ब्लक नं २ मा ४ जना सदस्य, ब्लक नं ३ मा २ जना सदस्य र ब्लक नं ४ मा १ जना सदस्य रहने व्यवस्था छ । सोही अनुरुप सदस्य सर्वसम्म्त गरिनेछ । ब्लकमा भेला भएका ५१ प्रतिशत उपभोक्ताले हस्ताक्षर गरी सदस्यका लागि छनोट गर्नेछन् । सदस्यका लागि पनि ब्लकमा सर्वसम्मत हुन नसकेमा दोस्रो चरणमा निर्वाचनका लागि तालिका सार्वजनिक हुनेछ ।

निर्वाचन समिति पाँच जनाको रहेको छ । समितिको संयोजकमा टीकाप्रसाद पाठक, सह–संयोजकमा प्रेमबहादुर लिम्बू, सचिबमा पुष्प प्रसाद रिजाल, सदस्यहरुमा ओमप्रकाश बास्तोला र नारायणप्रसाद न्यौपाने रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *