आफ्नी छात्रालाई दुर्व्यवहार गर्ने मेचीनगरका एक शिक्षक प्रहरी नियन्त्रणमा

मेचीनगर। आफ्नी छात्रालाई दुर्व्यवहार  गरेकाे आराेपमा मेचीनगरका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मेचीनगर ९ स्थीत  हरि आधारभुत विद्यालयका अभिभावककाे उजुरीका आधारमा साेही विद्यालयका शिक्षक ध्रुव पाैडेललाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक राेहित शर्माले बताउँनुभयाे ।

EPIC EPIC EPIC EPIC EPIC

`छात्राहरूले आफुहरूलाई शिक्षक पाैडेलले दुर्व्यवहार गरेकाे भन्ने बयानका आधारमा अभिभावकले उजुरी दिए पछि पाैडेललाई शुक्रबार अपरान्ह पक्राउ गरेका छाैं,´ प्रहरी निरीक्षक शर्माले भन्नुभयो,   `दुइ जना छात्राका अभिभावकले दिएकाे उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडी बढिसकेकाे छ ।´

शिक्षक पाैडेल बिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक पटक  विद्यालयमा  दुर्व्यवहारकाे गुनासाे गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठाेस कदम नचाले पछि अभिभावकले नै प्रहरीमा उजुरी गर्नु परेकाे एक अभिभावकले बताउनु भयाे ।

दुइ दिन अघि मात्रै मदिरा सेवन गरी विद्यालय गएकाे भनेर शिक्षक पाैडेललाई प्रहरीले नियन्त्रण लिएर केही घण्टा पछि छाेडेकाे थियाे 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *