Search
Close this search box.
Search
Close this search box.

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो ।

उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो ।

EPIC EPIC

मृत्युको कारण हृदय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *