‘आफ्नो ५ वर्षे कार्यकालमा सदैव जनताको हितमा काम गर्नेछु,’: वडाध्यक्ष उम्मेदवार वाग्ले

बुधबारे । आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर -१ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार दिएका अनिल वाग्ले यतिवेला आँफूलाई जिताउन भोट माग्दै घरदैलोमा व्यस्त छन् । विद्यार्थी जिवनबाटै राजनीतिमा लागेका वाग्ले वडाध्यक्षको दरिलो दावेदार हुन् । सामाजिक, धार्मिक तथा विभिन्न संघसंस्थामा सफलतापूर्वक नेतृत्व सम्हालिरहेका वाग्लेले वडाका लागि केही योजनाहरु अघि सादै उम्मेद्धारी दिएका छन् । उनी सञ्चार कर्ममा समेत कार्यरत छन् ।

विचारमा प्रष्ट रहेका वाग्ले योजना अनुरूपका कामलाई सम्पन्न गर्न माहिर छन् । वडाबासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका उनी वडाध्यक्ष पदको उम्मेदवार बनेका हुन् । ‘राजनीति भनेको जनताको सेवा हो, ’ उनी भन्छन्, ‘चुनाव जितेर आफ्नो ५ वर्षे कार्यकालमा सदैव जनताको हितमा काम गर्नेछु ।’

EPIC EPIC EPIC

युवाहरूको सहभागितामा आय- आर्जनमूलक कृषि र रोजगारमुलक कार्यक्रमहरू सहितका योजनाले युवालाई आकर्षण गर्ने वाग्ले बताउँछन् । ‘अहिले हरेक कामहरू युवाले नै गर्नुपर्दछ । हामीले कामगर्दा अझै उत्कृष्ट र पारदर्शी हुन्छ । त्यही भएर मैले उमेदवारीदिएको हुँ ।

उनले वडालाई सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित गाउँको संकल्पलाई अघि सारेका छन् । उनले संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील गाउँपालिका बासीको संकल्प अघि सारेका छन् ।

यसका अतिरिक्त बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने, सुचनाको हक नागरिकको मौलिक अधिकार भएकोले वडाका सबै गतिविधिमा सुचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तिन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने उनको योजना छ। मतदाता समक्ष वाग्ले भन्छन्, ‘एक मत दिनुस् पछुताउनुपर्ने छैन ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च