इजरायलको बंकरमा नेपाली विद्यार्थीको आग्रह– कृपया हाम्रो उद्धार गरिदिनुहोस्

 इजरायलको एक बंकरमा रहेका विपिन सुवेदीले आफूहरूलाई तत्काल उद्धार गर्न आग्रह गर्दै भिडिओ सन्देश सम्प्रेषण गरेका छन्। सोमबार बिहान सबा ११ बजे उनको फेसबुकमा राखिएको भिडिओमा उनले १० जना साथी गुमाइसकेको र आफूहरू पनि गुम्ने हौँ कि भन्ने डर रहेको बताएका छन्।

‘४९ जनामा १० जना त गुमाइसक्यो। अझै जति बचेको छौं। त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि। देश फर्केर त हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गरिदिओस्। हामीलाई मिटिङ भइरहेको छ, यता त्यता सुनाउनुपर्दैन। म्यासेजमा हामी यस्तो गरिरहेका छौं भनेर भन्नुपर्दैन। हजुरहरु (राज्य)ले मिटिङ गर्नुस् वा जे गर्नुस्। तर तीन दिन भयो। त्यो पनि त सोचिदिनुस्,’ उनको सन्देश छ।

EPIC EPIC EPIC

आफूहरु मानसिक रुपमा कमजोर बन्दै गएको बताएका छन्। भनेका छन्, ‘राति बस्दाखेरि मेरो श्वास पुग्दैन। मुटु फुट्न खोज्छ। मुख बन्द हुन्छ। श्वास नपुगेको अनुभव हुन्छ। कहिलेसम्म हामी यसरी बस्ने? बिहान यो भिडिओ किन बनाएको भन्दा दिनभरमा केही हुन्छ कि! आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस्।’

उनले सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट आफूहरू इजरायल आएको खुलाएका छन्। आफू रहेको बंकरमा आफूहरू ५ जना रहेको उनले बताएका छन्। उनले आफूहरूलाई देशले केही नगरेको अवस्थामा भिडिओ बनाउन विवश भएको बताएका छन्।

आफूहरु बंकरमा बस्न थालेको ३ दिन भएको बताएका छन्। ‘हिजो साँझ दूतावासले उद्धार गर्छ कि भनेर लुगा लगाए जस्तो गरेर बसिरहेका छौँ। आश त्यति छ हामीलाई,’ उनले भनेका छन्, ‘अहिले बिहान भएर भिडिओ बनाउने आँट आइरहेको छ। राति परेपछि बंकर पनि मिसाइल खसेर दर्दनाक हुन्छ।’

उग्रवादी संगठन हमासको आक्रमणमा परेका १० नेपालीको निधन भइसकेको छ। बाँकीले उद्धारको पहल गरिदिन सरकार समक्ष आग्रह गर्दै आएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *