इजरायलबाट २५३ जना नेपाली बोकेको विमान त्रिभुवन विमानस्थलमा अवतरण

युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली बोकेर नेपाल फर्किएको नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमान  काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।


असाेज २५ गते बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि असाेज २६ गते शुक्रबार बिहान इजरायलबाट वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC


नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं असाेज २५ गते  बिहीबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुगेका थिए । उनलाई इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल र नेपाली राजदूत कान्ता रिजालले स्वागत गरेका थिए ।


इजरायलमा मन्त्री साउदले त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेट गरेका थिए । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार इजरायली अधिकारीले नेपाली नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने र स्वदेश फर्किन चाहनेहरूलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।


इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले असाेज २५ गते बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी थिइन् ।


सरकारी पहलमै इजरायलबाट आएका विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थलबाट काठमाडाैं उपत्यकाका ३ जिल्लामा नि:शुल्क बस सेवा दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *