इजरायलमा मृत्यु भएको नेपालीको शव ल्याउन जहाज पठाउने तयारी

परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

EPIC EPIC EPIC

‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव हुँदैन, त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्छ,’ उनले भने, ‘समन्वय गरेर लैजान सम्भव भएको अवस्थामा हामी तयारी अवस्थामा रहन्छौं ।’

यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, सोही कम्पनीको जहाज लगेर भएपनि नेपालीहरुको उद्धारमा खटिने उनले बताए ।

गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सले अघिल्लो साता मात्र आफ्नो वाइडबडी जहाज ए३३० मर्मतका लागि बेन गुरियन एयरपोर्टमा अवतरण गराएको थियो । यो इजरायलको राजधानीमा रहेको विमानस्थल हो । सो जहाजको उडान समय एकतर्फी औसत ७ घण्टा रहेको छ ।

सोहीकारण यो विमानस्थलमा नेपालबाट न्यारोबडी जहाजले भने सिधा उडान गर्न सम्भव छैन । सानो जहाज पठाउँदा अर्को कुनै विमानस्थलमा ट्रान्जिट गर्नुपर्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *