इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

इनरुवा । मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् । उनीहरुमध्‍ये चार जना छात्रवृत्तिका र चार जना प्रदेश सरकारले करारमा राखेका चिकित्सक हुन् ।

स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।

यस्तै चिकित्सकले जारी गरेको सामूहिक राजीनामा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामीमाथि मानसिक तनावमा भएको र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *