इलाम बजार बिब्ल्याँटे सन्दकपुर सडक स्तरउन्नतीमा ५० करोड

इलाम । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर जोड्ने सडक बहुवर्षे ठेक्का स्वीकृत भएको छ । वर्षमा ३ लाख बढी पर्यटक पुग्ने सन्दकपुर सडक स्तरउन्नतीका लागि श्रोत सुनिस्चित भई ठेक्का लागेको हो ।
इलाम सन्दकपुर सडक ३९ किलोमिटर लामो छ । इलाम बजारबाट बिब्ल्यिाटे बजार, माईपोखरी हुँदै सडकले पर्यटकीय क्षेत्र सन्दकपुर जोड्छ । सन्दकपुरमा नेपाल र भारतबाट वर्षमा ३ लाख बढी पर्यटक पुग्ने गरेका छन् ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र घोषणा भएको सन्दकपुर सडक कालोपत्रेस्तरको बन्ने भएको हो । जसका लागि संघीय सरकारले ५० करोड रुपैयाँ श्रोत सुनिस्चित गरेको हो । सडक स्तरउन्नतीका लागि श्रोत सुनिश्चित भएपछि सडक डिभिजन इलामले ठेक्का लगाएको सुचना अधिकारी अर्जुन घिमिरेले बताए । गत अशोज महिनाको विपद्पछि गाउँपालिका संकटग्रस्त घोषणा भएपछि सडक स्तरउन्नतीका लागि सो सडकमा निर्माण गर्न बजेट विनियोजन भएको हो । सडक निर्माणका लागि बहुबर्षे ठेक्का लगाउने काम भएको उनले बताए ।
इलाम सन्दकपुर सडक ३९ किलोमिटर लामो छ । सो सडक मध्ये ५० करोड रुपैयाँबाट २३ किलोमिटर सडक कालोपत्रेस्तरमा निर्माण हुनेछ । सडकको प्रस्थान बिन्दु बिब्ल्याँटेबाट नयाँचौकसम्म कालोपत्रे स्तरको बन्ने काम भइरहेको छ । नयाँचौकबाट माईपोखरीसम्म छुट्टै ठेक्का लागेको छ । जसका लागि २ करोड बढी खर्च हुने सडक डिभिजन इलामले जनाएको छ ।
सडक खण्डको देउरालीबाट फेमेगुरुसम्म कालोपत्रेको ३ किलोमिटर स्तरउन्नती भइसकेको छ । चालु आर्थिक वर्षबाट फेमेगुरुदेखि सन्दकपुरसम्म सडक स्तरउन्नतीको काम शुरु हुने र चालु आर्थिक वर्ष ठेक्का लगाउने काम सम्पन्न भइ काम शुरु हुने सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।
५० करोड बजेटले फेमेगुरुबाट कालपोखरीसम्म पक्कि नालि र कालपोखरीबाट सन्दकपुरसम्म कच्चि नाला बनाइ कालोपत्रेस्तरको बन्नेछ । सडकको फेमेगुरुबाट मितेरी चौकसम्म ७ मिटर चौडा हुनेछ । मितेरीचौकबाट सन्दकपुरसम्म ५ मिटर चौडाको स्तरउन्नती हुनेछ । ट्रयाक खनिएको ३० वर्षपछि सडक स्तरउन्नती हुने थालिएपछि सन्दकपुरबासी हर्षित भएको वडा नम्बर २ का अध्यक्ष सनम राईले बताए । २४ महिनादेखि ३० महिनासम्ममा सडक निर्माण सम्पन्न गर्ने सडक डिभजिनको योजना छ । सडक निर्माणले इलामको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *