इलाममा बेवारिसे भेटिएका शिशुको जिम्मा बस्नेत दम्पतीलाई

इलाम/ गत पुसको अन्तिम साता इलाम माइजोगमाई गाउँपालिका–३, गिद्धेभरिको ढुङ्गाको चेपमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावकत्व बस्नेत दम्पतीले पाएका छन् ।

बिहे भएको २५ वर्ष बित्दा पनि कुनै सन्तान नभएका माई नगरपालिका–१०, चिसापानीका शिक्षक ठहरसिंह बस्नेत र उनकी पत्नी विष्णुमाया चौंलागाईंलाई माइजोगमाई गाउँपालिकाले नवजात शिशुको संरक्षकत्व प्रदान गरेको हो। बेवारिसे अवस्थामा फेला परेयता इलाम अस्पतालमा राखिएका शिशुलाई कानुनी प्रक्रिया पूरा गरी अस्पतालबाटै धर्मपुत्रका रूपमा बस्नेत दम्पतीलाई दिइएको हो । शिशु लिँदै गर्दा बस्नेत दम्पतीले खुसीसाथ १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बेवारिसे अवस्थामा भेटिएको शिशुलाई पालिकाले कार्यविधि नै बनाएर अभिभावकलाई कानुनी रूपमा जिम्मा लगाएको इलामको यो पहिलो घटना हो। शिशुको अभिभावकत्व लिन ११ दम्पतीले निवेदन दिएका थिए । तर, तीमध्ये बस्नेत दम्पती भाग्यमानी साबित भए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बिहेको अढाई दशकपछिको बिहीबार बस्नेत दम्पतीको मुहारमा खुसी छचल्किएको देखियो। ‘जीवनको पहिलो खुसी पाएको छु,’ सम्झौता पत्रमा हस्ताक्षर गर्दै बाबु बनेका ठहरसिंहले भने, ‘हामी यति हर्षित भएका छौँ कि, व्यक्त गर्ने कुनै शब्द छैन। यो शिशु जिम्मा बुझ्दै गर्दा हामीले गरेका लिखित–अलिखित सबै खाले प्रतिबद्धता पूरा गर्नेछौँ।’

गाउँपालिकाका अनुसार बस्नेतका तीन दाजु–भाइमा पनि तीनै जनाका सन्तान छैनन्। ठहरसिंह र उनकी पत्नीले सन्तान उत्पादनबारे चिकित्सकसँग सल्लाह लिएका थिए । तर, चिकित्सकले सम्भव नभएको बताएका थिए । माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बेवारिसे शिशु फेला परेपछि त्यसको कार्यविधि नै निर्माण गरी पालिकाले अरूभन्दा फरक काम गरेको बताए।

‘हामीले बेवारिसे शिशु व्यवस्थापनमा बेग्लै कार्यविधि बनायौँ, अदालतबाट समेत सुझाव लिएर कानुनी रूपमा नै ती शिशु हस्तान्तरण गरेका छौँ,’ उनले भने । अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किनेक्रममा फेला पारेका थिए। प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *