Search
Close this search box.
Search
Close this search box.

ईलाममा अनुदान लिन मात्रै डेरी उद्योग स्थापना

भगीरथा भण्डारी,

इलाम । इलाम नगरपालिका–५ मा डेरी उद्योग स्थापना भएको सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकारबाट अनुदानमा स्थापना भएको डेरी उद्योग सात वर्ष वित्दा पनि सञ्चालनमा नआएको हो ।

EPIC EPIC EPIC

– एक करोड ६७ लाख ५० हजारका उपकरण अनुदान

– अनुदान लिएको सात वर्षमा पनि भएन सञ्चालन

नेपाल सरकारले उद्योग वाणिज्यसंघ मार्फत एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराएको इलामको डेरी उद्योग अझै सञ्चालनमा आउन नसक्दा लगानी बालुवामा पानी बनेको छ । एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत इलाममा दुग्धजन्य बस्तुको उत्पादनको लागि करोडौ रुपैयाँ लगानी गरेर डेरी स्थापना गरे पनि सञ्चालन नहुुँनुले अनुदान पचाउनकै लागि मात्र निर्माण गरिएको देखिन्छ ।

डेरी उद्योगको भवन निर्माण र मेसिन खरिदका लागि सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा उद्योग वाणिज्य संघ मार्फत एक करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान बराबरको उपकरण दिएको थियो । २०७४ मा नै भवन निर्माण र मेसिन खरिद गरिएको थियो । तर, मेसिन जडान र त्यसको परिक्षणको काम अहिले सम्म पुरा भएको छैन ।

सरकारको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत स्थानीयको लगानी गर्नुपर्ने गरि डेरी उद्योगका सरकारले अनुदान उपलब्ध गराएको थियो । स्थानीय व्यवसायीले इलाम एग्रिटेक प्रालि नामको कम्पनी स्थापना गरेर बाँकी ५० प्रतिशत रकम लगानी पनि गरेका छन् । कम्पनीमा २४ जनाको शेयर छ ।

कम्पनी मार्फत जग्गा खरिदमा मात्रै एक करोड १७ लाख ५७ हजार दुईसय रुपैयाँ लगानी गरेको छ । सो रकमले इलाम नगरपालिका–५ मा १५ रोपनी जग्गा खरिद गरिएको छ । डेरी उद्योगका लागि पाँच रोपनी जग्गा पर्याप्त हुने भएपनि अन्य उद्योगका लागि भन्दै १५ रोपनी जग्गा खरिद गरिएको हो । उद्योगमा शौचालय, कम्पाउण्ड वाल, ट्रान्सफर्मर खरिद विद्युत जडान, खानेपानी जडान, पार्किङ, भवनमा पार्टेसन, टायल लगाउने काममा अरु ३० लाख रुपैयाँ भन्दा बढि थप लगानी भइसकेको बताइएको छ । निर्माण सम्पन्न भएपनि सञ्चालन भने हुन सकेन ।

डेरी सञ्चालनको लागि कम्पनीले एसबिआई बैंकमा लोन स्वीकृति गराएको र एसबिआई बैंकमा ७५ लाख रुपैयाँको लोन स्वीकृत भएको र वैंकबाट स्वीकृत भएको रकम ल्याब बनाउने, ढुवानी र प्याकेजिङ्गका लागि आवश्यक बस्तुको व्यवस्थापनमा खर्च भएको बताइएको छ । दैनिक तीन हजार पाँच सय लिटर दूध प्रशोधन गर्ने क्षमता रहेका डोरीबाट दूध, दहि, पनिर, ध्यू, छुर्पी उत्पादन गर्ने भनिएपनि सात वर्ष सम्म सञ्चालनमा आउन नसक्दा राज्यको लगानी बालुवामा पानी बनेको छ ।

आज भन्दा चार वर्ष अघि २०७७ साल भदौ १९ गते इलाम एग्रिटेक प्रालिका प्रवन्ध निर्देशक प्रकाश चापागाईले उद्योगमा कोल्डस्टोर जडान र अन्तिम परिक्षणको लागि प्राविधिक ल्याउन कठिनाइ भएकाले उद्योग सञ्चालनमा आउन नसेकेको भन्दै ‘मेसिन जडान गर्ने कम्पनीका प्राविधिक कोलकत्ताबाट ल्याएर अन्तिम परिक्षण गर्नुपर्नेछ, उनीहरुले जाँच गरेर हामीलाई जिम्मा लगाएपछि उद्योग सञ्चालन हुने बताएका थिए । त्यसबेला चापागाईले ,‘त्यहाँ उत्पादित बस्तु राख्नको लागि कोल्ड स्टोर जडान गर्ने काम पनि बाँकी छ, त्यसका लागि समेत भारतीय प्राविधिक नै ल्याउनुपर्छ र प्राविधिक र सामान ल्याएको एक सातामै उद्योगबाट प्रशोधन शुरु हुने बताए । तर उनले भनेको चार वर्ष बित्दा पनि अहिले सम्म डेरी सञ्चालनमा आउन सकेको छैन ।

अहिले पनि प्रबन्ध निर्देशक चापागाँईले माघ एक गतेबाट सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन । चार वर्ष अछि पनि अब सञ्चालनमा आइहाल्छ भन्नुभएको थियो अहिले सम्म सञ्चालनमा छैन भन्ने प्रश्नमा उनले कोभिडको कारण र साना तिना कामले अल्झिरहेको भन्ने जवाफ दिए । चापागाईँले अब चाहि सञ्चालनमा आउछ त्यसका लागि सरसफाईको काम भईरहेको छ, उनले भने, ‘ उद्योगमा विद्युत जडानको काम थालिएको र जडान भएका मेसिनको मर्मत गर्नुपर्ने अवस्था छ त्यस पछि उद्योग सञ्चालनमा आउँछ ।’

उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले यसलाई सञ्चालन गर्नुपर्छ भनेर हामि पनि लागिरहेको बताए । उनले अनुदान रकमनै आएको हैन उपकरणहरु आएकाछन त्यसैले अनुदानमा आएका उपकरण मासिएका छैनन र यो सँगै इलामका व्याक्तिहरुको पनि लगानी रहेको भन्दै अझै यसको काम नसकिएको र सम्पन्न गर्नका लागी ५० लाख भन्दा बढी रकम आवश्यक पर्ने बताए । जग्गा खरिद भएको छ , भवन निर्माण भएको छ, उपकरण जडान भएका छन तर त्यहाँ सम्म पुग्नका लागि बाटो निर्माण हुन सकेको छैन यी सबै पुरा गरेर डेरी सञ्चालनमा ल्याउन लागिरहेको पौडेलले बताए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *