Search
Close this search box.
Search
Close this search box.

उमेर–३६, सन्तान-४४

मरियम नबातान्जी बार्बिय अहिले ४४ वर्ष पुगेकी छिन् । उनी ३६ वर्षको उमेर हुँदासम्म ४४ वटा सन्तानलाई जन्म दिएको विकिपिडियामा उल्लेख छ । पेशाले टेलर चलाउँदै आएकी मरियमको १२ वर्षको उमेरमा सन् १९९३ मा ४० वर्षीय व्यक्तिसँग विवाह भएको थियो ।

१३ वर्षकै उमेरमा उनले एक जुम्ल्याहालाई जन्म दिएकी थिइन । मरियमले १३ वर्षको उमेरदेखि नरिन्तर बच्चा जन्माइरहेकी छिन् । मरियमले ६ वटा जुम्ल्याहा, ४ वटा तिम्ल्याहा र दुई पटक एकसाथ ४ बच्चा जन्म दिएकी थिइन । अहिले उनको जेठो सन्तान ३१ वर्षको छ भने सबैभन्दा कान्छो ६ वर्षको भइसकेको छ ।

EPIC EPIC

उनले जन्म दिएको ४४ जना बच्चाहरुमध्ये ३८ जना मात्रै बाँचेका छन् भने अन्यको निधन भएको थियो । विरलै देखापर्ने जेनेटिक अवस्थाका कारण हाइपरओभुलेशन भएका कारण पनि उनले जुम्ल्याहा, तिम्ल्याहालाई जन्म दिएको बताइन्छ । सन् २०१९ मा अरु गर्भवती हुनबाट सुरक्षित हुनका लागि उनले उपचार पनि गराएकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *