काठमाण्डाै – उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतकाे कार्यालयकाे निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ ।
संयाेजक चाैधरीले आज सर्वाेच्चमा रिट दायर गर्नुभएकाे हाे । सर्वाेच्चले याे रिटकाे पेसी आउँदाे आइतवारका लागि ताेकेकाे छ ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनाेनयन दर्ता गर्नुभएका चाैधरीकाे उम्मेदवारी निर्वाचन अधिकृतकाे कार्यालयले हिजाे खारेज गरेकाे थियाे ।
चाैधरीले टीकापुर घटनासम्बन्धी मुद्दामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट आममाफी पाउनुभएकाे थियाे । तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति चुनावमा उम्मेदवार हुन पाउँदैनन् ।



















