काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ ।
नगरपालिकाको वडा नं.–मा नाला निर्माणको भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
सो नाला निर्माणको भुक्तानी गर्दा मेयर साहले १ लाख रुपैयाँ घुुस लिएको पाएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा मेयर साहले कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिएको पुष्टी भएको अख्तियारको भनाइ छ । यहि अभियोगमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएकोले मेयर साह स्वतः निलम्बनमा परेका छन् ।