एक लाख १५ हजार विद्यार्थीले साउनमा पुरक परीक्षा दिन पाउने

एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पुरक परीक्षा दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ती विद्यार्थीका लागि एक महिनापछि पुरक परीक्षा हुने जानकारी दिए। बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ।

EPIC EPIC EPIC

तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ।

उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए।

उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ। ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन्।

त्यस्तै, २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ।

बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन्।

जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ।

नतिजा सार्वजनिकका क्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले २२१ जना परीक्षार्थीको परिक्षा रद्ध भएको बताए। उनका अनुसार नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाको एनजी आएको छ।

बोर्डले यसपटक नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो। लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात ‘नन ग्रेडेड’ (एनजी) हुनेछन्।

जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ।

अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ।

अध्यक्ष शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च