एक वर्षमा रोजगारीका लागि ८ लाख युवाले छोडे देश

काठमाण्डौः देशमा बेरोजगारीको समस्या भयावह बन्दै गएको छ । बेरोजगारी समस्या बढ्दै जाँदा रोजगारी खोज्दै गत एक वर्षमा ८ लाख बढी नेपाली विदेशिन बाध्य भएका छन्।

EPIC

सरकारले वर्षेनी ल्याउने नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधान गर्ने विषयलाई समेट्ने गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन नहुँदा बेरोजगारीको समस्या भयावह बन्दै गइरहेको हो ।

EPIC EPIC EPIC

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि हालै ल्याएको नीति तथा कार्यक्रममा पनि बेरोजगारी समस्या समाधान गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको छ तर नागरिकहरु भने विश्वस्त हुन सकेका छैनन् । जसका कारण उनीहरु रोजगारी खोज्दै विदेश भौंतारिन बाध्य छन् ।

अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन् । यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन्। अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरु विदेशिने क्रम जारी छ । उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन्।

अध्यागमन विभागका अनुसार गत एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या भने १६ लाख २१ हजार ५ सय ६६ रहेको छ । त्यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८ हजार ३ सय ९३ रहेको छ।

यसै गरी अध्ययनका लागि जाने पनि ठूलो संख्यामा रहेका छन् । गत एक वर्षमा मात्रै विभिन्न देशमा अध्ययनका लागि जानेको संख्या १ लाख ११ हजार २ सय ८९ छ । गत वर्ष विदेशमा घुमघाम तथा तीर्थयात्रा गर्न जानेको संख्या २ लाख १२ हजार ३ सय ६० जना रहेको छ ।

यसै गरी सो अवधिमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या २० हजार ५ सय ३ रहेको छ। यस्तै सो अवधिमा व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ४९ रहेको छ। यस्तै विगत एक वर्षमा विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरुलाई भेटघाट गर्न जानेको संख्या १ लाख ६३ हजार ३ सय ८४ रहेको छ ।

केका लागि कति विदेशिए ?

रोजगारी : ८ लाख ७ हजार ६ सय ९३
अध्ययन : १ लाख ११ हजार २ सय ८९
घुमघाम एवं तीर्थयात्रा : २ लाख १२ हजार ३ सय ६०
स्वास्थ्य परीक्षण : २० हजार ५ सय ३
स्थायी बसोबास : ६८ हजार ३ सय ९३
परिवारका सदस्यलाई भेट्न : १ लाख ६३ हजार ३ सय ८४

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *