बुद्धशान्ति (पालिका सन्देश)- सहारा नेपाल साकोस बुधबारे सेवा केन्द्रले आइतबार एक कार्यक्रमका बीच सामाजिक सुरक्षा भत्ता सहित अन्य सुबिधा भत्ता वितरण गरेको छ ।
बुधबारे सेवा केन्द्र समितिका संयोजक बिष्णु सापकोटाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्यमा उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा १३ जना महिला सेयर सदस्यलाई एकल भत्ता वितरण गरिएको हो ।
एकल महिलाअन्तर्गत १३ जना महिला सेयर सदस्यलाई जनही आठ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको सेवाकेन्द्र प्रमुख सागर ओझाले बताएका छन् ।
त्यस्तै बुद्धशान्ति ६ निवासी ठुटेबर सहारा महिला समूह सदस्य लक्ष्मी प्रधान श्रेष्ठको निधनमा ऋण मिनाहा तथा काजकृया खर्च ७ लाख ११ हजार ६ सय २० निजका श्रीमान् कृष्ण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
स्मृति कार्यक्रम अन्तर्गत सेयर सदस्य ज्ञानु श्रेष्ठको निधनको २ बर्ष पछि उनका श्रीमती नर्जना श्रेष्ठलाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको बिशिस्ट आतिथ्य, इलाका प्रहरी कार्यालय बुधबारेका सहायक इन्चार्ज अर्जुन कार्कीको विशेष आतिथ्य , बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, ज्येष्ठ नागरिक अध्यक्ष कृष्ण फुयाल,पालिका सन्देशका सम्पादक तीर्थ तिम्सिना, सेवाकेन्द्र सदस्य दुर्गा पोखरेल, समाजसेवी भगीरथ कट्टेल लगायतको आतिथ्यता रहेको थियो ।

सेवा केन्द्र सदस्य टीका पाठकले स्वागत गरेको कार्यक्रमको संचालन सेवाकेन्द्र प्रमुख सागर ओझाले गरेका थिए । कार्यक्रममा बढादशैको समेत शुभकामना आदानप्रदान गरिएको थियो ।





















One Response
Saharko sadasya bhaera apanga bhai kista tirna nasakne awasthaa ma pugeko haru ko pani sahara banidiye dherai ramro hune thiyo.. Subidha pauna chai marnai parne raixa…