एक्सेल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नारायण रिजाल/पालिका सन्देश, बुधबारे । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हल्दीबारी गाउँपालिका अन्तर्गतको गोलधाप शाखाको आयोजनामा हल्दिबारी रेडक्रसको सभाहलमा वित्तीय साक्षरता एवं विद्युतीय भुक्तानी प्रवर्द्धन अभियान कार्यक्रम साथै डिजिटल बैंकिंङ सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

करीब ८० जनाको स्थानीय, किसान तथा विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा हल्दीबारी वडा कार्यालय २ का अध्यक्ष शुकलाल राजबंशीको अध्यक्षता साथै विभिन्न सामाजिक व्यक्तित्व हरुको आथित्य तथा सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

EPIC EPIC EPIC

साे कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लि. का बिजनेश प्रमुख शिव कुमार गिरीले वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तालिम प्रस्तुत गर्नु भएको थियो भने बैंकका सूचना प्रविधि प्रमुख समीर न्यौपानेले बैंकिंग क्षेत्रमा प्रयोग भइरहेका डिजिटल बैंकिंग, तिनका फाइदाहरू तथा तिनको प्रयोगमा अपनाउनु पर्ने सजगतालाइ विस्तृत रूपमा प्रस्तुत गर्नुभएको थियो ।

बैंकका मार्केटिंग अफिसर श्री गजेन्द्र ढकालले सञ्चालन गर्नु भएको कार्यक्रममापूर्व बैंकर स्थानीय व्यक्तित्व श्री होम कार्की ज्यूले बैंकले दिइरहेको सेवा तथा सुविधाहरूको बारेमा आफ्नो धारणा सहित मन्तव्य राख्नु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च