एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको प्रतियोगिताको फाइनलमा विभागीय डर्बी एपिएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो।

EPIC EPIC EPIC EPIC EPIC

खेलमा पुलिसले दोस्रो सेट गुमाएको कारण उसले चौथो सेटमा ३–१ को जित निकालेको हो। एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५–१२ ले जितेको तियो। त्यस्तै, दोस्रो सेटमा पुलिसले २१–२५ को हार बेहोरेको थियो। त्यसपछिका दुई सेटमा भने पुलिसले जित निकाल्यो। तेस्रो सेट पुलिसले २५–२३ ले जित्यो भने चौथो सेट २५–१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो।

प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ। अब पुलिसले आउँदो सेप्टेम्बरमा काठमाडौंमै हुने अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपमा भाग लिन पाउने छ। उपाधिसँगै विजेता टोली पुलिसले ६ लाख पाउने छ। त्यस्तै दोस्रो भएको एपिएफले ३ लाख पुरस्कार जितेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *