चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। प्रारम्भिक चरणमा ओली रावल भन्दा ८८५ मतले आगाडी छन् ।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ९९६ मत ल्याउँदा भीम रावलले १११ मत पाएका छन्।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।