एम्बिसन एकेडेमीमा दीक्षान्त, सेवा निवृत्त शिक्षकलाई सम्मान र छात्रवृत्ति घोषणा

बुद्धशान्ति । बुद्धशान्ति २ जयपुरमा रहेको एम्बिसन एकेडेमीले एक कार्यक्रमको आयोजना गरेर विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले दीक्षान्त, सेवा निवृत्त शिक्षक सम्मान तथा छात्रवृत्ति घोषणा कार्यक्रम गरेको हो। विद्यालयले पूर्व प्राथमिक तह अध्ययन् पूरा गरेका ३३ जना विद्यार्थीहरुलाई दीक्षान्त गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वशिक्षक डम्बर कुमार प्रधानको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिका रूपमा सेवा निवृत्त शिक्षक खगेन्द्र पोखरेल, देविध्वज योन्जन, मेदनी प्रसाद सिटौला, कालीबहादुर थापा, पुण्य कुमारी दाहाल, डम्बर कुमार बजगाईं, कृष्णप्रसाद फुयल, पर्शुराम प्रधान, वेद कुमार श्रेष्ठ लगायत विन्दा ओली उप्रेती, लक्ष्मी उप्रेती, अभिभावक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

EPIC EPIC EPIC

विद्यार्थी लोगान उप्रेतीले उपस्थित सम्पूर्णलाई स्वागत गरेको कार्यक्रममा प्रवन्ध निर्देशक दिपेन सिटौलाले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।
सोही अवसरमा पूर्व प्राथमिक तह अध्ययन् पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह अभिभावकको उपस्थितिमा सम्पन्न गरिएको थियो भने विभिन्न समयमा अध्यापन गराउनुहुने सेवानिवृत्त शिक्षकलाई सम्मान गरिएको थियो ।

विद्यालयले आँफै छात्रवृत्ति कोष खडा गरी आदर्श मा। वि। जयपुरका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्व। शिक्षक रामप्रसाद ओली स्मृति छात्रवृत्तिको घोषणा समेत गरिएको थियो । सो छात्रवृत्तिका लागि बुद्धशान्तिका जुनसुकै विद्यालयबाट कक्षा ८ पास गरेका विद्यार्थीले निवेदन दिन सक्नेछन् । उक्त निवेदनको २०८१ वैशाख २ गतेसम्म बुझाइसक्न र परीक्षा भने २०८१ वैशाख ४ गते रहने विद्यालयले जनाएको छ । छात्रावृत्तिमा छनौट भएपछि एम्बिसन एकेडेमीमा कक्षा ९ र १० मा अध्ययन गर्न एक छात्र र एक छात्रा गरि जम्मा ४ जनाले रु २,५०,००० रकम बराबरको १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने समेत विद्यालयले जनाएको छ ।

विद्यार्थी सुरक्षा तामाङ र अदिति शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा गायन तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च