एसईई पास गरेर उच्च शिक्षा सुरुवात गर्न नपाउँदै दुर्घटनामा परेर अस्ताईन नेहा

जनकपुर। गौर–चन्द्रपुर सडकखण्ड अन्तरगत गरुडा नगरपालिकाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना हुँदा एक बालिकाको ज्यान गयो।

ना ७ ख ८४१४ नम्बरको बस दुर्घटनामा परेर माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीले ज्यान गुमाईन। गौरबाट भैरहवातर्फ गइरहेको बस गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो।

EPIC EPIC EPIC

उक्त दुर्घटनामा ज्यान गुमाउने बालिका हिजै मात्रै एसईई परिक्षामा पास भएकी छात्रा हुन। माधवनारायण नगरपालिका–३, सखुवा स्थित श्री देवी माध्यमिक विधालयबाट २०८० को एसईईमा सहभागि भएकी उनले ३ दशमलव २३ जिपिए ल्याएर उत्तीर्ण भएकी थिईन।

नेहा उच्च अध्ययनको तयारीका लागि विरगन्ज जाने क्रममा दुर्घटनामा परेको जनाईएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
2
+1
1
+1
0
+1
0
+1
5
+1
27
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च