कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली

सप्तरी, १७ असोज । बडादशैंको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ ।

विजया दशमीको अवसरमा उल्लेख्य सङ्ख्यामा राँगोको बली दिइने यस मन्दिरमा नेपाली एवं छिमेकी भारत बिहारका श्रद्धालु भक्तजनसमेतको बाक्लो उपस्थितिमा हरेक वर्ष मेला लाग्ने गर्दछ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

मन्दिरको राँगा दर्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष ६१८ वटा राँगाको बली दिइएको थियो ।

मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो ।

कङ्कालिनी नगरपालिका–१ का अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *