कचनकवल गाउँपालिकाको न्यायिक समितिले एक वर्षमा ८३ वटा मुद्दा मिलाउन सफल

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकाले गत एक वर्षमा दर्ता भएका मुद्दा मध्ये ७३ प्रतिशत मुद्दा स्थानिय तहमा नै छलफल तथा मेलमिलाकको नीति अवलम्बन गरि मिलाउन सफल भएको छ ।

गाउँपालिकाको न्यायिक समितिमा गत आ.व. २०७९।८० मा ११६ वटा मुद्दा दर्ता भएको, सो मध्ये ५६ वटा मुद्दा स्थानिय तहमा नै मेलमिलाप गराइएको, ३ वटा मुद्दामा न्यायिक समितिले निर्णय गरेर मिलाएको, २४ वटा मुद्दा अदालत जान भनि सिफारिस गरिएको र ३० वटा मुद्दा यस आ.ब.मा निर्णय गर्ने गरि सारिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराईले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

भट्टराईका अनुसार कचनकवल गाउँपालिकमा विषेश गरि जग्गासम्बन्धी मुद्दा, पति पत्नी बीच सम्बन्धका मुद्दा, महिला हिंसा, बाटो सम्बन्धी, सामान्य झै.झगडा सम्बन्धी मुद्दाहरु धेरै आउने गरेका छन् ।

न्यायिक समितिमा दर्ता भएका मुद्दाहरुलाई मेलमिलापका लागि भनेर वडा मेलमिलाप केन्द्रमा पठाउने गरिएको छ । गाउँपालिकाले सातवटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि मेलमिलापकर्ताहरुलाई तालिम समेत दिएको छ र ती केन्द्रहरुले कानुनले तोके बमोजम ११ प्रकृतिका मुद्दाहरु वडामा नै सामाजिक न्याय तथा मेलमिलापको निति अवलम्बन्ध गरि मिलाउन प्रयत्न गर्दन् ।

गत आ.व.मा त्यस्ता ४१ वटा मुद्दा वडा मेलमिलाप केन्द्रमा पठाइएकोमा २३ वटा मुद्दा वडामा नै समाधान भएको भट्टराईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *