कचनकवल गाउँपालिकाको बजेट ६६ करोड ३१ लाख

बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१ /०८२ का लागि ६६ करोड, ३१ लाख बजेटको सार्वजनिक गरेको छ । गाउँपालिकाले १५ औं गाउँअधिवेशनबाट उपाध्यक्ष नवराज भट्टराईले आन्तरिक स्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिह राजवंशीले प्रस्तुत गर्नु भएको आगामी वर्षको नीति तथा कार्यक्रममा १५ शैयाको आधारभुत अस्पताल सञ्चालन ,अक्सिजन प्लान्ट ,भेन्टिलेटर र अल्ट्रासाउन्ड सञ्चालन ,प्रत्येक वडामा कृषकका लागि सिचाइ सुविधा पुर्याउन कृषिमा बिधुत महसुल पूर्ण निशुल्क ,वडाका प्रत्येक कृषि बजारमा सार्वजनिक शौचालय निर्माण ,गाउँपालिका भित्रका सातै वडाहरुमा महिलाहरुका लागि स्तनपान कक्ष निर्माण ,जलथल वनबाट निस्कने जङ्गली हात्ती नियन्त्रणका लागि सामुदायिक वन र गाउँपालिकाको साझेदारी कार्यक्रम ,प्रत्येक वडाका जेष्ठ नागरिक तथा दीर्घरोगीहरुको अर्धवार्षिक रुपमा नियमित स्वास्थ्य परीक्षण लगायतको अध्यक्षद्वारा प्रस्तुत नवीनतम नीति तथा कार्यक्रमलाई कचनकवल गाउँपालिका ६ र २ का वडाध्यक्ष चिन्तामणि खरेल र लेखनाथ खत्रीले सम्बोधन गर्दै बहुमतले पारित गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गाउँ सभामा विनियोजन तथा आर्थिक विधेयक पेश गर्दै नीति कार्यक्रमलाई सम्बोधन गर्न ६६ करोड ३१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ।

चालु तर्फ ३९ करोड १० लाख र पूँजीगत खर्च तर्फ २७ करोड २१ लाख गरि जम्मा ६६ करोड ३१ लाख बराबरको अनुमानित बजेट सीमा भित्र रही आगामी वर्षको बजेट प्रस्तुत गर्नु भएको छ। उक्त बजेट सीमामा सामाजिक सुरक्षा भत्ता ,१५ शैयाको आधारभूत अस्पताल ,गरिबसँग विश्वेश्वर कार्यक्रम बापत अनुमानित प्राप्तहुने बजेट समावेश गरिएको छैन।

प्रस्तुत बजेटमा भनिए अनुसार सँघ र प्रदेशबाट वित्तीय समानीकरण अनुदानबाट प्राप्तहुने जम्मा १३ करोड ५१ लाख ४३ हजार,समपुरक तथा विशेष अनुदान सँघबाट १ करोड ५० लाख र प्रदेशबाट १ करोड ,सशर्त अनुदान बापत सँघीय सरकार मार्फत चालू खर्च २६ करोड १ लाख ७५ हजार र पूजीगत खर्चतर्फ ४४ लाखका साथै प्रदेश सरकार मार्फत चालुतर्फ ४५ लाख ३३ हजार र पूजीगत तर्फ ६१ लाख गरि जम्मा सँघ र प्रदेश सशर्त अनुदानतर्फ जम्मा २७ करोड ५२ लाख ८ हजार,राजस्व बाँडफाँडमा सँघीय सरकारबाट ११ करोड ३५ लाख र प्रदेश सरकारबाट ४४ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाको आन्तरिक आय २ करोड  प्राप्त हुने अपेक्षा बजेटमा गरिएको छ।

कचनकवल गाउँपालिकाले संचालन गर्ने योजना तथा कार्यक्रमहरु लाई आर्थिक विकास तर्फ कृषि, पर्यटन, रोजगार, उद्योग तथा कलकारखाना, सहकारी, गरिवी न्यूनीकरण सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद,कला तथा संस्कृति, लैंगिक समानता र सामाजिक समावेशीकरण त्यसै गरि पूर्वाधार तर्फ सडक, पुल तथा कल्भर्ट, विद्युत तथा सिंचाई,भवन, उर्जा वन तथा वातावरण तर्फ वन, भूक्षय तथा कटान नियन्त्रण, फोहोरमैला व्यवस्थापन, जलाधार संरक्षण, विपद् व्यवस्थापन उपशिर्षक रहने गरि बजेट व्यवस्थापन गरेको छ। सुशासन तथा सेवा प्रवाह तर्फ कार्यालय संचालन तथा व्यवस्थापन, न्याय सम्पादन,मानविय विकास, संस्थागत क्षमता विकास, सार्वजनिक सुनुवाइ, प्रविधिको प्रयोग, लेखा परिक्षण त्यसै गरि वडाको पुँजीगत तथा चालु खर्च अनुदान तर्फ वडाहरुको पुँजीगत अनुदानमा वडाहरुको भौगोलिक अवस्था र जनसंख्यालाई आधार मान्दै ७ वटा वार्डहरुमा वार्ड न. १ र वार्ड न. ६ लाई रु ५० लाख का दरले र अरु ५ वटा वार्डहरु २,३,४,५ र ७ लाई ४५ लाखका दरले रु ३ करोड २५ लाख वार्डहरुले पुँजीगत खर्च गर्ने गरि बजेट विनियोजन गरिएको छ। वार्डहरुको प्रशासनिक कार्यसम्पादनको लागि चालु प्रकृतिका खर्च गर्नका लागी प्रति वार्ड ६ लाखका दरले ४२ लाख चालु खर्च हुने गरि बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले प्रस्तुत गर्नु भएको बजेट वक्तब्यमा उल्लेख गरिएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *