कचनकवल गाउँपालिकामा बेरोजगार युवा खोजिंदै, माघ २९ सम्म आवेदन दिन सकिने

कचनकवल। कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बेरोजगार व्यक्तिहरूको सूचीकरण प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी पाउन इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरूले गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा २०८१ माघ १ गतेदेखि २०८१ माघ २९ गतेभित्र आवेदन दिन सक्नेछन्।

गाउँपालिकाले प्रकाशित सूचनाका अनुसार, रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारको हक सम्बन्धी दोस्रो संशोधन नियमावली, २०७५ को नियम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारी प्रदान गरिनेछ। यस कार्यक्रमअन्तर्गत विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याई सहयोग गर्ने लक्ष्य राखिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

सूचीकरणका लागि आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, सम्पर्क नम्बर, पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, शैक्षिक योग्यता, कामको अनुभव, सीप/दक्षताको प्रमाणपत्र तथा रोजगारी भए सो सम्बन्धी कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। १८ देखि ५९ वर्षसम्मका सम्पूर्ण परिवार सदस्यहरूको नागरिकताको प्रतिलिपि तथा १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। साथै, आवश्यक कागजात अपूर्ण भएमा रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा सूचीकरण हुन नसक्ने स्पष्ट गरिएको छ। निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ।

गाउँपालिकाले प्रकाशित सूचनामा बेरोजगार व्यक्तिहरूलाई समयमै निवेदन दिन आग्रह गरिएको छ। यस अभियानले स्थानीय तहमा रोजगारी सिर्जना गर्न र बेरोजगारलाई अवसर उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *