कचनकवल।
कचनकवल जेसीजको तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रम कचनकवल–६ स्थित दाजुभाइ पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका क्रममा वर्ष २०२४ का अध्यक्ष बेनुप प्रसाईंले वर्ष २०२५ का अध्यक्ष निर्मल दाहाललाई जेसीज चेन हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गरे।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0051-scaled.webp)
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले कार्यक्रम उद्घाटन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा संस्थाको विकास र समुदायप्रतिको योगदानलाई अझ प्रभावकारी बनाउन प्रेरणा व्यक्त गरे।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0063-scaled.webp)
कार्यक्रममा वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष अर्जुन चम्लागाईंले आस्था वाचन गरेका थिए भने वर्ष २०२४ की सदस्य प्रतीक्षा कार्कीले जेसीजको मिसन र भिजन प्रस्तुत गरिन्।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0129-scaled.webp)
कार्यक्रमको संयोजन मनिष दाहालले गरेका थिए भने नवगठित कार्यसमिति २०२५ का उपाध्यक्ष आशिष वाग्लेले स्वागत मन्तव्य राखेका थिए। नागरिक अभिनन्दन कार्यक्रमको घोषणा कचनकवल जेसीजका संस्थापक अध्यक्ष तथा निर्वाचन आयुक्त खगेन्द्र पाण्डेले गरेका थिए।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0123-scaled.webp)
कार्यक्रममा स्वास्थ्य शाखा कचनकवलका जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका कार्यालय प्रमुख तथा मेडिकल अफिसर डा. दिपेन राजवंशी, अहेब हृदयनारायण शाह, र नवाज नुरी अहमदलाई सर्पदंश उपचार क्षेत्रमा पुर्याएको योगदानका लागि अभिनन्दन गरियो। साथै, कचनकवल क्षेत्रका उत्कृष्ट क्रिकेट खेलाडी अनिल लामिछानेसहित अन्य खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0131-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0134-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0133-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0135-scaled.webp)
नवगठित कार्यसमिति २०२५ मा अध्यक्ष निर्मल दाहाल, कानुनी सल्लाहकार गोपाल घिमिरे, कार्यकारिणी उपाध्यक्षहरू नवराज ढुंगाना र उषाकिरण लम्साल, उपाध्यक्षहरू दिनेश चौधरी, प्रजापति(नवीन) मैनाली, प्रतीक्षा कार्की, र उत्तम गौतम रहेका छन्। अध्यक्ष दाहालले महासचिवमा आशिष वाग्ले र कोषाध्यक्षमा मनिष दाहाललाई मनोनीत गरेका छन्।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0003-scaled.webp)
समारोहमा नवगठित कार्यसमितिका पदाधिकारीहरूले अध्यक्ष दाहालको नेतृत्वमा शपथ ग्रहण गरेका थिए। कार्यक्रममा अध्यक्ष दाहालको अडियो बायोडाटा पनि प्रस्तुत गरिएको थियो।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0118-scaled.webp)
कचनकवल माविका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा उत्साह थपेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई,पूर्व कोशी प्रदेशका प्रदेश सभा सदस्य बसन्त बानियाँ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य उमाशंकर गणेश, र अन्य क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0125-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0126-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0026-scaled.webp)
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0008-scaled.webp)
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी गणेश सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमले युवा नेतृत्व र सामुदायिक सेवाको महत्त्वलाई उजागर गरेको थियो।
![](https://palikasandesh.com/wp-content/uploads/2025/01/IMG-20250126-WA0122-scaled.webp)