कचनकवलको गुरुङ चैतारी फलैचामा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

कचनकवल। कचनकवल गाउँपालिका वडा ७ अन्तर्गत स्वास्थ्य चौकी बालुवाडी को नेतृत्वमा साविकका वडाहरूमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम अन्तर्गत साविक वडा नम्बर ३, गुरुङ चैतारी फलैचामा फागुन २२ गते निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ३० वर्षभन्दा माथिका व्यक्तिहरूको Mass Screening गरिँदै रक्तचाप मापन, रक्तमा चिनिको मात्रा (Blood Sugar) परीक्षण, उचाइ र तौलका आधारमा शरीर तौल सूचकांक (BMI) निर्धारण गर्ने जस्ता स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको स्वास्थ्य चौकी प्रमुख हर्क गुरुङले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

यसै क्रममा, स्थानीय बासिन्दालाई उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता रोगहरूको कारण, तिनबाट बच्ने उपायहरू र लागिहालेमा अपनाउनुपर्ने सतर्कता तथा उचित खानपानबारे विस्तृत जानकारी दिइएको थियो।

स्वास्थ्य चौकी बालुवाडीको अगुवाइमा आयोजित यस कार्यक्रमले स्थानीयबासीलाई नसर्ने रोगहरूको समयमै पहिचान र नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। सहभागीहरूले यस्ता जनचेतनामूलक स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *