कचनकवल। झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारी गाउँमा एक सातापछि विद्युत् सेवा सुचारु भएको छ ।
बिरिङ खोलामा आएको बाढीले तीन वटा विद्युतीय पोल र तारमा क्षति पुराएपछि पिन्डलबारीका बासिन्दा एक साता अन्धकारमा बस्न बाध्य भएका थिए । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले अस्थायी रुपमा १०० केभी भोल्टेजको एउटा ट्रान्सफर्मर राखेर बुधबार दिउँसोदेखि गाउँमा विद्युत् सेवा सुचारु गरेको केन्द्र प्रमुख राजमणि बजगाँईले जानकारी दिए ।
‘क्षति पुगेका पोलहरू अहिले नै बनाइ सेवा सुचारु गराउने अवस्था थिएन । त्यही भएर खोला वारी अस्थायी रुपमा टान्सर्फमर राखेर तत्काललाई गाउँमा बिजुली पु¥यायौं’, उनले भने । १४७ घरधुरी रहेको पिन्डलबारी गाउँ झापाकै दुर्गम स्थान मध्येमा पर्छ ।



















