Search
Close this search box.
Search
Close this search box.

कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्रलाई २२ लाख बराबरको एनालाइजर मेसिन हस्तान्तरण

रुद्र उप्रेती (कचनकवल)। झापाको कचनकवल गाउँपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य मन्त्रालयले २१ लाख ७१ हजार ६२८ रुपैयाँ बराबरको  (फुल्ली अटोमेटिक एनालाइजर) मेसिन हस्तान्तरण गरेको छ।

बिहीबार प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले एक कार्यक्रम बिच सो उपकरण अस्पतालका अध्यक्ष रोमसाम राजवंशीलाई हस्तान्तरण गरेका हुन्।

EPIC EPIC

उक्त उपकरण हस्तान्तरणपछि अस्पतालमा रगत,अधुमेह लगायत रोग छिटोछरितो ढंगले जाँच गर्न थप सहज हुने उनले बताए।

उनले मन्त्रालयको स्टोरबाट मेसिनका लागी पहल गरेकोमा राष्ट्रिय सभा सदस्य सिटौलालाई विशेष धन्यवादसमेत दिएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *