कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा रेबिज खोप अभाव, सेवाग्राही मारमा

झापा — कचनकवल गाउँपालिका-२ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप अभाव भएको छ। मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई ‘एन्टी रेबिज भ्याक्सिन’ उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

स्वास्थ्य केन्द्रले अहिलेसम्म स्वास्थ्य विभागको आपूर्ति व्यवस्था महाशाखा वा प्रदेश आपूर्ति केन्द्र, विराटनगरबाट खोप प्राप्त गर्दै आएको थियो। केही दिनअघि स्वास्थ्य केन्द्रका कर्मचारी खोपका लागि प्रदेशमा खटिए पनि खाली हात फर्कनुपरेको यादवले बताए।

EPIC EPIC EPIC EPIC EPIC

मासिक ४० जनालाई पुग्ने खोप प्राप्त गर्दै आएको स्वास्थ्य केन्द्रले करिब २० दिनदेखि सेवा दिन सकेको छैन। यादवका अनुसार आइतबारसम्म खोप उपलब्ध हुने सम्भावना भए पनि हाल प्रदेश आपूर्ति प्रणालीमै अभाव रहेकोले आपूर्ति सञ्चालन नहुञ्जेल सेवा दिन नसकिने बताइएको छ।

खोप अभावका कारण कुकुरले टोकेका बिरामीहरू चर्को मूल्य तिरेर निजी क्लिनिकमा गएर खोप लाउन बाध्य भएका छन्। स्वास्थ्य केन्द्रले खोप आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *