कचनकवलमा उद्धार गर्ने क्रममा हरिणको मृत्यु

झापाको कचनकवलमा उद्धारको क्रममा एक जङ्गली चित्तल (हरिण) मरेको छ। डिभिजन वन कार्यालयका अनुसार हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा हरिण मरेको हो।

हिजो साँझ ६:२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब १०० केजी तौलको हरिण कचनकवल–७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए।

EPIC EPIC EPIC

दिपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैले आफ्नो ट्याक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशन अनुसार कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको हो। मरेको हरिण दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई राति जिम्मा दिइएको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च