कचनकवल। नेपाल कुष्ठरोग संगती (NLF) को झापा कुष्ठरोग न्यूनीकरण प्रयोजनाको सहयोग र कचनकवल गाउँपालिकाको आयोजनामा आज महेन्द्र रत्न मा.वि. केचनामा विद्यार्थीहरुलाई एक दिवसीय कुष्ठरोग सम्बन्धि अभिमुखिकरण तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव र NLF का फिल्ड कोर्डिनेटर दिनेश मण्डलको प्रमुख आतिथ्यता स्वास्थ्य चौकी केचनाबाट धिरेन राजबंशीको प्रतिनिधित्व र कुष्ठरोग फोकल पर्सन घनश्याम यादवले प्राविधिक कक्षा तथा स्क्रीनिङ गर्नु भएको थियो।
उक्त कार्यक्रममा ४५० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा कुष्ठरोगको परिचय, कुष्ठरोग लाग्नुको कारण, कुष्ठरोग सर्नुको कारण, कुष्ठरोग लागेमा हुनसक्ने शारीरिक अपाङ्गता र कुष्ठरोगको उपचार बारे छलफल भएको कुष्ठरोग फोकल पर्सन घनश्याम यादवले जानकारी दिनुभयो।























