Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा जनै पूर्णिमाको अवसरमा सामूहिक गणस्नानको आयोजना

कचनकवल। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबंधन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा कचनकवलमा सामूहिक गणस्नानको आयोजना गरिने भएको छ।

श्री वैदिक सनातन संरक्षण समिती, कचनकवलको आयोजनामा यो विशेष स्नान कार्यक्रम भोलि (सोमबार) बिहान ७:३० बजे कचनकवल ५ स्थित मेची नदीको ब्रह्मघाटमा सम्पन्न हुनेछ। समितिका अनुसार, यस वर्ष पनि श्रावणिक स्नानमा स्थानीय जनसमुदायको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।

EPIC EPIC EPIC

जनै पूर्णिमा सनातन धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो। यस दिन धार्मिक रूपमा पवित्र मानिएको स्नान, ऋषि तर्पण, र रक्षाबंधनजस्ता धार्मिक कार्यहरू गरिन्छन्। यो स्नान कार्यक्रममा भाग लिँदै श्रद्धालुहरूले आफ्नो धार्मिक कर्तव्य पूरा गर्दै आस्थालाई जीवन्त राख्ने प्रयास गर्नेछन्।

श्री वैदिक सनातन संरक्षण समितीले यस अवसरमा सबैलाई सामूहिक गणस्नानमा सहभागी भई धार्मिक आस्था र परम्परालाई प्रोत्साहित गर्न आह्वान गरेको छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *