कचनकवलमा थप तीनवटा कालोपत्रे सडकका लागि संघीय सरकारबाट ९ करोड बजेट सुनिश्चित

कचनकवल। कचनकवल गाउँपालिकामा भौतिक पूर्वाधार विकासले तीव्रता पाउँदै गएको छ। संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाका तीनवटा महत्वपूर्ण सडकहरू कालोपत्रे गर्न करिब ९ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको छ।

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, मेची लोकमार्ग अन्तर्गत पर्ने बाँगाडाँगी–पथरिया–घेराबारी–राजगढ सडक, सिंगीमारी–तुलसीबारी–बैगुनबारी–वालुबाडी सडक, र कटुवालचोक–धौलाबस्ती–हरसगाउँ–बैगुनबारी सडकहरू कालोपत्रे गरिनेछन्। ती प्रत्येक सडकका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

उपाध्यक्ष भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा पूर्व सांसद बसन्त कुमार बाँनिया तथा अन्य सबै सरोकारवालाप्रति विकासप्रतिको प्रतिबद्धता र सहयोगका लागि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेका छन्।

“स्थानीय बासिन्दा, सामाजिक अगुवा र समग्र कचनकवलवासीको एकता र निरन्तर प्रयासले यो सम्भव भएको हो,” भट्टराईले भने, “हामी सबैले साझा रूपमा प्राप्त यो उपलब्धिमाथि गर्व गर्न सक्छौं।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *