कचनकवल-४ केचनामा डेंगु विरुद्धको सचेतना सुरु भएको छ।
कचनकवल-४ स्थित स्वास्थ चौकी, केचनाको नेतृत्वमा डेंगु रोकथामका लागि लाम्खुट्टे/लार्भाको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरेको हो।
जस अन्तर्गत आज केचना बजारमा रहेका पसल अनुगमन गरि पसलमा रहेका फ्रीजमा जेमेको पानी हप्तामा एकचोटि सफा गर्न आग्रह र बजारमा रहेका टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, ट्यांकीहरूमा डेंगुको लार्भा भेटिने भएकोले ति बस्तुमा जमेको पानी पहिचान गरि जमेको पानी पोखिएको हो। जसको सहजीकरण इलाका प्रहरी कार्यालय केचनाले सहजीकरण गरेको थियो।
One Response
२ नम्बरमा पनि गरियो । तर खबर चै पुगेनछ ।।