कचनकवलमा प्रथम बगान गोल्डकप-२०७९ आयोजना हुँदै

पछिल्लो समय युवाहरुमा बढ्दै गएको लागूऔषध दुर्व्यसनी न्यूनीकरण गरेर युवालाई खेलप्रति लालायित बनाउने र फुटबलको विकास एवं व्यवसायिकता बढाउने,प्रतिभावान खेलाडीको पहिचान गरी अबसर प्रदान गर्ने र स्थानीय सरकारलाई खेलकुदमा जिम्मेवार बनाउने उदेश्यले बगान युथ क्लबको अयोजनामा प्रथम बगान गोल्डकप-२०७९ अन्तर जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता पथरिया मा.विको खेल मैदानमा हुने भएको छ।

असोज ८ गतेबाट सुरु हुने खेल १५ गतेसम्म चल्ने र खेलमा झापा जिल्लाका ८ टिम बिच प्रतिस्पर्धा हुने छ।
बगान युथ क्लब को आयोजना र  टुबोर्ग , इन्डिगो पेन्ट्स, सुब्बा एग्रो ट्रेडिङ प्रा.ली र सितल इन्टरप्राइजेज् को प्रायोजन मा हुन लागेको फुटबल प्रतियोगितामा  जिल्लाका ८ वटा टिमहरुको सहभागीता हुने आयोजक क्लबका सचीव बिश्वास अधिकारीले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC
Bagan GoldCup’s Tie Sheet

नकआउट फुटबल प्रतियोगितामा हिमाली युनाइटेड, जलथल एफ.सी, बगान युथ क्लब,भद्रपुर युथ क्लब, स्यालडाँगी(बिर्तामोड), ज्ञानेचौक एफ.सी, ब्रोदर्स युनाइटेड(चन्द्रगढी) र राजगढ एफ.सीको सहभागिता रहने आयोजक कल्बले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

3 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च