कचनकवल। झापाको कचनकवल गाउँपालिकाले भेडा-बाख्रामा लाग्ने घातक रोग पि.पि.आर. नियन्त्रणका लागि सातै वटा वडामा खोप अभियान सञ्चालन गर्ने भएको छ। कोशी प्रदेश सरकार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भद्रपुरको समन्वयमा यो अभियान सुरु हुन लागेको हो।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार, यो खोप कार्यक्रम मिति २०८२/०९/२० गतेदेखि सुरु भई २०८२/१०/०४ गतेसम्म सञ्चालन हुनेछ। अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक (खोप कर्ता) हरूको टोली खटाएको छ।
वडागत खोप कर्ता र सम्पर्क विवरण:
| वडा नं. र स्थान | प्राविधिकको नाम | सम्पर्क नम्बर |
|---|---|---|
| वडा नं. १ (घेराबारी) | कविराज गणेश / चन्द्र गणेश | ९७६५२५९०३२ / ९८१७९७५५३५ |
| वडा नं. २ (पथरिया) | गुरु प्रसाद पौडेल / धिरज राजवंशी | ९८१७९३५६२७ / ९८२४९५५०४९ |
| वडा नं. ३ (पथरिया) | मिलन पोख्रेल / तनबिर हुसेन | ९८२४९२२२९१ / ९८१४०३३७८४ |
| वडा नं. ४ (केचना) | दारा सिंह राजवंशी / दिपेन्द्र गणेश | ९८०४९८४०३६ / ९७६७७३५८०७ |
| वडा नं. ५ (पाठामारी) | चन्द्र फुयाल / सागर दाहाल | ९८०६०१३९१२ / ९८४७५५९४४९ |
| वडा नं. ६ (बनियानी) | देवानुन गणेश / वसन्त राजवंशी | ९७६२९३००४९ / ९८२६९८१७९९ |
| वडा नं. ७ (बालुबाडी) | चनसिंह गणेश / सन्तोष राजवंशी | ९८१७९४१४०८ / ९८२६९२७२५१ |
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्था, कृषक र सरोकारवालाहरूलाई यो अभियानमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरिएको छ।
आफ्ना भेडा-बाख्राहरूलाई पी.पि.आर. जस्तो संक्रामक रोगबाट बचाउन समयमै खोप लगाउन गाउँपालिकाले सबै कृषकहरूमा आह्वान गरेको छ।




















