कचनकवलमा राष्ट्रपति रनिङ सिल्ड सुरु

मनिष बराल, कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। कचनकवल गाउँपालिका,शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिवसीय खेलकुदका विभिन्न कार्यक्रमहरूको आयोजना गरीएको हो।

आज कचनकवल गाउँपालिका ३ स्थित पथरिया माध्यामिक विद्यालयको खेलमैदानमा कार्यक्रमको भव्य उद्घाटन गरिएको छ। उक्त कार्यक्रमको सभाध्यक्ष कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहनुभएको थियो। त्यस्तै प्रमुख अतिथिका रुपमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विशिष्ट अतिथिका रुपमा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, अतिथिका रुपमा  विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, इलाका प्रहरी कार्यलय प्रमुख, बाल सञ्जाल अध्यक्ष रहनु भएको थियो। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले पानसमा दीप प्रज्वलन गरी गरेका हुन् ।

EPIC EPIC EPIC

कचनकवल गाउँपालिका भित्रका सम्पूर्ण माध्यमिक तहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू बीच विभिन्न विधामा खेलकुदहरूकाे प्रतिस्पर्धा गराई विजयी हुने विद्यार्थीहरुलाई जिल्लाका लागि छनोट गरिने कुरा आयोजकले जनाएको छ।

खेलकुदले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने भएकाले यस प्रकारका कार्यक्रमहरुको आयोजना गरी खेलाडीहरूको मनोबल उच्च राखिरहेको र आगामी दिनहरूमा पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्घाटन समारोहको कार्यक्रम गाउँपालिका अध्यक्षले समापन गर्नु भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *